बिर्तामोड, जेठ १६ । झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ ।
बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधबर बिहान पराग खाँदा तामाको तार भेटिएको हो ।
घिमिरेले भने, ‘हिजो बेलुका किनेको पराग बिहान खाँदा घाँटीमा घोच्यो, के रहेछ भनेर थुकेर हेर्दा एक सेन्टिमिटरभन्दा लामो तार रहेछ ।’ घिमिरेको अहिले घाँटी, पेट पोलिरहेको छ । तीन पटकसम्म बान्ता भइसकेको उनले बताए ।