२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मनकामना बाल क्लबद्वारा खाजा खर्च जोगाएर शैक्षिक सामग्री प्रदान


बिर्तामोड, जेठ १६ । झापाको बिर्तामोडमा रहेको मनकामना सेकेन्डरी स्कुलको उज्यालो मनकामना बाल क्लबका सदस्यहरूले आफ्नो खाजा रकम जोगाएर शैक्षिक सामग्री प्रदान गरेका छन् ।

आज एक कार्यक्रमको आयोजना गरेर बल क्लबका सदस्य विद्यार्थीहरुले बिर्तामोड-२ को वीर अमरसिंह माध्यमिक विद्यालयका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीहरु प्रदान गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल केशव ढुंगानाका अनुसार मनकामनाका विद्यार्थीले १२ हजार रुपैयाँबराबरको शैक्षिक सामग्री प्रदान गरेका थिए ।

वीर अमरसिंह माविका प्रधानाध्यापक यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ४५ जना विद्यार्थीलाई ती सामग्री हस्तान्तरण गरिएको थियो ।

बिर्तामाड-२ का वडा सदस्य चेतन बिमलीे प्रमुख अतिथि रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश मनकामना माविका प्रिन्सिपल ढुंगानाले पारेका थिए ।

वीर अमरसिंहका सहायक प्रधानाध्यापक हेमकुमार उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा क्लबका अध्यक्ष मनिष गणेश, बाल क्लब फोकल पर्सन सरिता पौडेललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer