२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका हक्की खेलाडीलाई प्रशिक्षण


भद्रपुर, जेठ १९ । झापा जिल्ला हक्की संघले आसन्न १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्लाका खेलाडीलाई अभिमुखीकरण प्रशिक्षण प्रदान गरेको छ ।

हक्कीका विभिन्न पाँच तरिकासम्बन्धी सहभागी पुरुष खेलाडीहरुलाई प्रशिक्षण दिइएको थियो । भद्रपुरको पुहाँतु जनज्योति माविको हलमा आज भएको कार्यक्रममा २२ जना खेलाडी सहभागी थिए ।

प्रशिक्षणमा फिल्ड हक्कीका नियम, ट्याकल र रणनीतिक योजना, फाइभ एस हक्की र त्यसको नियम तथा खेल मैदानको बारेमा विस्तृतमा जानकारी गराइएको संघका झापा अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिए ।

खेलाडीहरुको खेल विकास तथा कलामा निखार ल्याउन खेलाडी विकास कार्यक्रमअन्तर्गत प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक दिपक खतिवडाले झापा टुडेलाई जानकारी दिए ।

खेलाडीहरुलाई खतिवडासँगै हक्कीका पूर्वखेलाडी चिरन प्रधान र मनोज चौधरीले लिखित तथा व्यावहारिक प्रशिक्षण दिएका थिए ।

१० औँ राष्ट्रिय खेलकुद यही वर्ष मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ । कोशी प्रदेशको प्रतिनिधित्व गर्ने हक्की टिमका ९५ प्रतिशत खेलाडी झापाका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer