२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कर्पाेरेट फुटसलको उपाधि बिएन्डसी हस्पिटललाई


बिर्तामोड, जेठ २१ । राउन्ड टेबल नेपालले आयोजना गरेको कर्पाेरेट फुटसल प्रतियोगिताको उपाधि बिर्तामोडको बिएन्डसी हस्पिटलले जितेको छ ।
नकआउटका आधारमा आयोजित प्रतियोगितामा बिएन्डसी हस्पिटलले बाजी मारेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको लक्ष्मी सनराइज बैंक उपविजेता भएको छ ।

प्रतियोगितालाई ओमोदा बिर्तामोडका लागि अधिकृत वितरक (ओपी इन्टरनेसनल), युएनभी सुगर क्रेभिङ्स र म्यानियाले प्रायोजन गरेको थियो ।
राउन्ड टेबल नेपालले अर्जुनधाराका दुईवटा विद्यालयमा शौचालय निर्माण गर्न रकम संकलन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको राउन्ड टेबल बिर्तामोडका सचिव विकास अग्रवालले जानकारी दिए ।

संस्थाले अर्जुनधारा–२ को भिमले आधारभूत बिद्यालय र अर्जुनधारा–११ को बालज्योति आधारभूत विद्यालयमा शौचालय निर्माण गर्नेछ । ११ लाख रुपैयाँको लागतमा निर्माण हुने शौचालयका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक अमन मिण्डाले जानकारी दिए ।
अर्जुनधाराको गामास्ता स्पोर्टस हबमा भएको प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको थियो ।
युनाइटेड अजोड इन्सुरेन्स कम्पनी, मेची आँखा अस्पताल, कंगारु एजुकेसन कन्सल्टेन्सी, एक्सेल डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा जिएलसी इन्सुरेन्स, बिर्तासिटी हस्पिटल, सेभेन हर्सेस क्यासिनो, नेपाल इन्जिनियर्स एसोसिएसन र बिएन्डसी हस्पिटलको सहभागिता रहेको थियो ।

Adv footer