![](https://jhapatoday.com/wp-content/uploads/2024/06/jcib-1024x527.jpeg)
बिर्तामोड, जेठ २३। झापाको वीरता जेसिजले ५१ औँ विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गरेको छ ।
आज बिर्तामोडस्थित विराटपोखरमा जडिबुटी, फलफूल, फूल तथा विभिन्न प्रजातिको बिरुवाहरु रोपिएको हो ।
![This image has an empty alt attribute; its file name is jcibb-1024x862.jpeg](https://jhapatoday.com/wp-content/uploads/2024/06/image.jpeg)
जेसिजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष सजेश शिवाकोटी, बिर्तामोड वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, विराटपोखर संरक्षक समितिका अध्यक्ष ईन्द्र प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।