२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

कचनकवलमा अरिदमन गणको विपद पूर्वतयारीबारे सचेतना


बिर्तामोड, जेठ २४ । नेपाली सेनाको अरिदन गणले यस वर्ष हुने मनसुनमा झापाका सबैभन्दा बढी प्रभावित हुने सम्भावित पालिकाहरुको पहिचान गरी विपद पूर्वतयारी स्वरुप स्थानीय नागरिकलाई सुसूचित गराएको छ ।

गणले आजबाट सञ्चालन गरेको स्थलगत प्रशिक्षण अभ्यासहरूको दौरान कचनकवलको घेराबारीमा करिब १५० जना स्थानीयबासीलाइ विपदको समयमा अपनाउनुपर्ने सावधानी, सर्पदंश सम्बन्धी कक्षा, विपदको समयमा प्रयोग गर्ने विभिन्न सामग्री निर्माणका बारेका जानकारीमुलक कार्यक्रम सञ्चालन गरेको हा ।

साथै, गण उक्त कार्यक्रम जेठ २७ गतेसम्म झापाका दक्षिणी पालिकाहरुमा सञ्चालन गर्ने चारआलीस्थित गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।

Adv footer