बिर्तामोड, जेठ २५ । आज शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख ४५ हजार ५०० रुपैयाँ पुगेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
त्यस्तै, आज तेजावी सुन पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाले जनाएको छ ।
आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । झापामा काठमाडौँको बजारभन्दा ५०० रुपैयाँ बढीले सुनको कारोबार हुने गरेको छ ।