२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशी जेसिजद्वारा १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण


बिर्तामोड, जेठ २५ । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसिजले अभिभावकत्व ग्रहण गरेको छ ।

जेसिजको दिगो विकास कार्यक्रमअन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसिजले यस वर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो ।

योसँगै विद्यार्थीलाई विद्यालय पोशाकसहित आवश्यक पर्ने स्टेसनरी सामग्री, जुत्तामोजा समेत प्रदान गरेको छ । विद्यार्थीलाई वर्षभरि पुग्ने कपि, पेन्सिल, डटपेनसहितका शैक्षिक सामग्री र स्कुल ब्याग समेत प्रदान गरिएको छ ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईं, उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलालगायतको उपस्थितिमा गाउँपालिकामा आयोजित कार्यक्रमका बीच जेसिजले १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो ।

गत वर्षबाट सुरु भएको कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रम सञ्चालन गरिएको बाह्रदशी जेसिजका खगेन्द्र अध्यक्ष सुवेदीले बताए ।

बाह्रदशी जेसिजका उपाध्यक्ष राजु अधिकारीले आस्था वाचन गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष चम्लगाईं, उपाध्यक्ष खरेल, प्रमुख प्रशासकीय अधिकृत निरौलासहित शिक्षा शाखाका निमित्त प्रमुख योगराज पौडेल, पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल, घोडामारा आधारभूत विद्यालयका प्रधानाध्यापक कमल चम्लगाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पूर्वअध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष नवीनकुमार त्रितालले स्वागत गरेका थिए ।

कार्यकारिणी उपाध्यक्ष सदीक्षा खड्काको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव सञ्जय साहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer