बिर्तामोड, जेठ ३१ । झापाका अग्रज पत्रकार नेत्र पाठकको आज बिहान निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ०९ः३० बजे आफ्नै निवासमा निधन भएको हो ।
पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् । पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै उनी नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका थिए ।
बिर्तामोड-४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् ।
पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रनेको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।