मेचीनगर जेठ ३२ । सञ्जीवनी महिला विकास संस्थाको आयोजनामा एक महिने सिलाई, कटिङ तथा एड्भान्स डिजाइन तालिम सम्पन्न भएको छ ।
मेचीनगर पालिका वडा नं. ९को आर्थिक सहयोगमा संचालित तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको थियोे ।
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले मेचीनगर –९मा वि. संं. २०६६ सालमा स्थापना भएको यस संस्थाले विपन्न महिलाहरुलाई लक्षित गरी सिलाई कटाई तथा विभिन्न सीपमूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
संस्थाकी अध्यक्ष रेनुका डाँगीको अध्यक्षता भएको कार्यक्रममा मेचीनगर पालिकाकी उपप्रमुख मीना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा मेचीनगर ९की वडा सदस्य सुष्मा कार्की , मेची उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत गोपाल बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पवित्रा दाहालले स्वागत गरेको कार्यक्रमको संचालन खीला खनालले गरेकी थिइन् ।