बिर्तामोड,असार १ । कोशी प्रदेश सरकारले धिमाल जातिको प्रमुख पर्व जातिरी÷सिरिजातको अवसरमा आइतबार विदा दिन निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले धिमाल जातिका लागि मात्रै विदा दिने निर्णय लिएको हो । धिमाल जातिले आफ्नो प्रमुख पर्व जातिरी/सिरिजात मनाउँदै छन् ।
पर्वका अवसरमा प्रदेशभरिका धिमाललाई लक्षित गरी विदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले बताए ।