२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

२०८२ मा कोशी प्रदेश पर्यटन वर्ष मनाइने, १० करोड बजेट


बिर्तामोड, असार ४ । कोशी प्रदेश सरकारले आगामी वर्ष कोशी प्रदेश पर्यटन वर्ष मनाउने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले ल्याएको आर्थिक वर्ष २०८१ ०८२ को बजेटमा कोशी प्रदेश पर्यटन वर्ष मनाउने उल्लेख गरिएको छ । त्यसका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेशको समग्र पर्यटन क्षेत्रको विकास प्रवर्धन, प्रचारप्रसारमार्फत आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरुको आगमन वृद्धि गरी स्थानीय, प्रादेशिक तथा राष्ट्रिय अर्थतन्त्र अभिवृद्धिका लागि २०८२ साललाई कोशी प्रदेश पर्यटन वर्ष मनाउन लागिएको बजेटमा लेखिएको छ ।

Adv footer