२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बसपार्कको ग्यारेजमा आगलागी हुँदा ९ लाखको क्षति


बिर्तामोड, असार ९ । झापाको अर्जुनधारा-११ मा रहको बिर्तामोडको नयाँ बसपार्कमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए ।

आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको थियो ।

बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँबराबरको क्षति भएको हो ।

बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आयो नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer