२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय पौडीका लागि झापाबाट छानिए २२ खेलाडी


बिर्तामोड, असार ११ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने प्रदेशस्तरीय पौडी प्रतियोगिताका लागि झापाका खेलाडी छनोट गरिएको छ ।

अर्जुनधारा-६ मा रहेको गामस्ता स्पोर्टस हबमा आज भएको जिल्लास्तरीय छनोट प्रतियोगिताबाट २२ जना खेलाडी छानिएका हुन् । छनोट खेलमा झापाका विभिन्न पालिका तथा विद्यालयबाट ४२ जना खेलाडी सहभागी थिए ।

असार १७ गते इटहरीमा हुने प्रतियोगिताका लागि बोर्डले झापालाई १० जना पुरुष र पाँचजना महिला खेलाडीको कोटा दिएको थियो ।

छनोट प्रतियोगिताबाट पुरुषतर्फ प्रदियुज भण्डारी, एलेक्स मगर, अनुज चौधरी, हाकिम बस्नेत, आर्यन बस्नेत, ग्रिदिप खरेल, प्रनिस चेम्जोङ, शुभम चम्लागाईं, शुभाशिष सुवेदी, कविर आचार्य, पल्लव श्रेष्ठ, मनिष पोखरेल, अनुप पुडासैनी, अजय कार्की, र वैकल्पिकका रुपमा युवराज श्रेष्ठ छानिएका छन् ।

त्यस्तै, महिलातर्फ तपस्वी काफ्ले, मनिषा प्रधान, आनन्दिता श्रेष्ठ, प्रमिसा मगर, रिहाना मगर र रोजी गुरुङ छनोट भएको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु नेम्वाङले जानकारी दिए ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको छनोट प्रतियोगितामा कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बरबहादुर तामाङ, मुख्य प्रशिक्षक इन्द्रजीत राजभण्डारी, संघका सदस्य रमेश घिसिङ, जेम्स स्कुल दमकका संस्थापक जयबहादुर श्रेष्ठ, झापा जिल्ला सेपाताक्रो संघका अध्यक्ष अर्जुन लम्साल, गामस्ता स्पोर्टस हबका अध्यक्ष कमलप्रसाद आचार्य, विजयकुमार कार्की लगायतको आतिथ्यता रहेको थियो ।

गामस्ताले खेलाडी छनोटका लागि स्विमिङ पुल निःशुल्क उपलब्ध गराएको थियो भने छनोट भएका झापाका खेलाडीका लागि असार १६ गतेसम्म पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer