२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारीको एसइइः सिसी क्यामेरा जोडिएका विद्यालयकै नतिजा निराशाजनक, सरस्वती मावि ‘निल’


बिर्तामोड, असार १४ । २०८० को एसइइमा झापा हल्दिबारीको सरस्वती माध्यमिक विद्यालयको नतिजा पनि शून्य भएको छ । योसँगै झापामा शून्य नतिजा आउने विद्यालयको संख्या चार पुगेको छ । अरुको सामचार आउन बाँकी छ ।

हल्दिबारीका ६ सामुदायिक र ५ संस्थागत विद्यालय गरी ११ वटा विद्यालय एसइइमा सहभागी भएकोमा सरस्वती माविको नतिजा शून्य भएको हो । सो विद्यालयबाट २० जना विद्यार्थी परीक्षामा सहभागी थिए ।

त्यस्तै, हल्दीवारी माविका तर्फबाट साधारण धारमा ११९ र प्राविधिक धारमा २१ गरी १४० जना विद्यार्थीले परीक्षा दिएकोमा साधारण धारमा २३ र प्राविधिक धारमा २० जना उत्तीर्ण भएका छन् ।

हल्दिबारी मावि नमुना माविको रुपमा सञ्चालित छ । त्यस विद्यालयको प्राविधिक धारतर्फ राम्रो नतिजा आए पनि साधारण धारतर्फ नतिजा खस्किएको छ ।

त्यस्तै, महेन्द्र माविबाट ४५ जना सहभागीमध्ये ८ जना, पञ्चायत माविबाट १९ जना सहभागीमध्ये ३ जना, लक्ष्मी माविबाट ३६ जना सहभागीमध्ये १२ जना , जनजागृति माविबाट ९३ जना सहभागीमध्ये ३० जना मात्र उत्तीर्ण भएका छन् ।

त्यस्तै, संस्थागततर्फ क्यानरी एकेडेमीबाट २३ जना सहभागीमध्ये १८ जना, सिग्मा स्कुलबाट ३४ जना सहभागीमध्ये ३१ जना, सनसाइन स्कुलबाट १६ जना सहभागीमध्ये १५ जना, चिल्ड्रेन गार्डेनबाट २९ जना सहभागीमध्ये १७ जना र चिल्ड्रेन एकेडेमीबाट २९ जना सहभागीमध्ये १९ जना उत्तीर्ण भएका छन् ।

हल्दिबारीमा जम्मा ४८४ जना विद्यार्थी एसइइमा सहभागी भएकोमा १९६ जना उत्तीर्ण भएका छन् । जुन ४०.४९ प्रतिशत हो ।

संस्थागत विद्यालयहरुले राम्रो नतिजा ल्याए पनि सामुदायिक विद्यालयको शैक्षिकस्तर कमजोर देखिएको छ । हल्दिबारी गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको छ ।

शिक्षकहरुले पढाए-नपढाएको र विद्यार्थीहरुले पढे-नपढेको निगरानी गर्न गत वर्ष सबै सामुदायिक विद्यालयमा सिसी टिभी क्यामेरा जडान गरिएको थियो । क्यामेरा जडान गरिएको भए पनि त्यसको अनुगमन र निगरानी नहुँदा पालिकाको लगानी खेर गएको अभिभावकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer