२०८२ बैशाख ३० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

अप्सरी बेगमलाई निलम्बन गर्ने क्रिकेट संघको निर्णय


बिर्तामोड, असार २१ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर झापा मेचीनगरकी अप्सरी बेगमलाई निलम्बन गरेको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।

महिला टि-२० एसिया कपका लागि महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । त्यसक्रममा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको दाबी छ ।

Adv footer