२०८१ असोज १९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एउटै कक्षामा तीन जुम्ल्याहा, विद्यालयमा पाँच


बिर्तामोड, असार २२ । झापा मेचीनगरको एक विद्यालयको एउटै कक्षामा तीन जुम्ल्याहा र विद्यालयमा पाँच जुम्ल्याहा विद्यार्थी पढ्दै आएका छन् ।

मेचीनगर-१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा पाँच जुम्ल्याहा विद्यार्थीहरु पढ्ने गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार निशान र निर्जल घिमिरे, गंगा र लक्ष्मण डाँगी तथा गंगा र जमुना घिमिरे कक्षा-७ को अंग्रेजी माध्यमको सेक्सन ‘बि’ मा अध्ययनरत छन् ।

निशान र निर्जल दाजुभाइ हुन् । गंगा र लक्ष्मण दिदीभाइ, गंगा र जमुना दिदीबहिनी भएको प्रधानाध्यापक थापाले जानकारी दिए ।

त्यस्तै, आइसा र फिरोजा दिदीबहिनी हुन् । उनीहरु नेपाली माध्यमको कक्षा-६ सेक्सन ‘ए’ मा अध्ययनरत छन् । कक्षा १ मा अध्ययनरत गंगा र जमुना पनि दिदीबहिनी हुन् ।

यी पाँचै जोडीको रुचि प्रायः समान छ । पढाइसँगै खेलकुदमा समेत उनीहरुको रुचि रहेको प्रधानाध्यापक थापा बताउँछन् ।

‘उनीहरुको हाउभाउ चालचलन सवैको एकै प्रकारको भए पनि शिक्षण सिकाईमा समान छैन’ प्रधानाध्यापक थापाले भने, ‘कोही अब्बल छन् त कोही थोरै कमजोर छन् तर, अन्य विद्यार्थीहरुको तुलनामा चाहिँ नतिजा उत्कृष्ट नै छ ।’

जोडीमध्ये कोही एकजना विद्यालय नआउने भएमा दुवैजना आउँदैनन् । विद्यालयमा सँगै बस्ने, हिँड्डुल गर्ने खाजा समेत सँगै खाने गर्ने गरेको प्रधानाध्यापक थापा बताउँछन् ।

उनीहरुको मूल्याङ्कन गर्ने क्रममा समेत शिक्षकलाई गाह्रो हुन्छ । शिक्षकलाई नाम थाहा भए पनि विद्यार्थी कुन हो भन्ने थाहा पाउन गाह्रो हुने हुँदा उनीहरुको नाम भनेर उठाइन्छ र चिन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer