बिर्तामोड, असार २२ । झापाको बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु भएको छ । बिर्तामोड १० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार आज दिउँसो २ः४५ बजे होपन मुर्मूका छोरा सुनिल घरनजिकै रहेको पैनीमा डुबेको अवस्था मृत भेटिएका थिए ।
प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी घटनास्थल पुगेको छ ।