




बिर्तामोड, असार २३ । झापा प्रहरीले झापा कमल गाउँपालिकामा एक महिलालाई धारिलो हतियार प्रहार गरेर भागेका युवालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा महिलामाथि खुकुरी हान्ने कमल-६ मा डेरा गरेर बस्ने रुपेश सदा रहेका छन् ।


सप्तरीको राजविराज-११ का ४१ वर्षीय सदाले झापा कमल-६ सुकुम्बासी टोल बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई खुकुरी र छुरीले टाउको र दुवै हातमा प्रहार गरेर घाइते बनाएका थिए ।


हतियार प्रहार गरेर भागेका सदालाई सप्तरीको बिसनपुरबाट नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय दमकमा राखेर घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।


तीनचक्के विद्युतीय गाडी सिटी सफारी चलाउँदै आएका सदाले हिजो असार २२ गते दिउँसो १ बजे विवाहित सुमित्रालाई हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।









