
बिर्तामोड, असार २३ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केही युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी थिइन् ।

मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ वर्षकी गजुरेलकी आमालाई धम्काएर चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको हो ।

२०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भइसकेपछि पनि मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । तर, मिना योपल्ट भने घरमै चाबी लगाउन पुगेकी हुन् । मनोजको स्थायी घर झापाको कमल गाउँपालिका हो ।






