२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय भारोत्तोलनमा झापा प्रथम


बिर्तामोड, असार २७ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा झापा प्रथक भएको छ ।

पुरूषतर्फको स्पर्धामा ६१ केजीमा झापाका चन्दन मुखिया, ८१ केजीमा अमिलाल राजवंशी र ८९ केजीमा प्रसिद्ध भक्तराज लावट प्रथम भए । ८१ केजीमा सिद्धार्थ प्रधान र ७३ केजीमा ट्विंकल चौधरी दोस्रो भए ।

महिलातर्फ ५५ केजीमा करिना चौधरी, ४९ केजीमा सोनी दास र ७२ केजीमा इशा शर्मा प्रथम भए । ४५ केजीमा गीताञ्जली भट्टराई र ६५ केजीमा मेनुका पौडेल दोस्रो भए । ४९ केजीमा मसुमा खातुन तेस्रो भइन् ।

प्रतियोगिताको विजयी खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत, बोर्डका सदस्यद्वय रितेश श्रेष्ठ र प्रदिप कुमार भगत थारू, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले मेडल पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer