२०८२ साउन ३ शनिबार
Jhapa Today
Adv top

धुलाबारीमा रक्तदान, ७० पिन्ट रगत संकलन


मेचीनगर, साउन ५ । नेपाल मानव धर्म सेवा समिति मेचीले आज धुलाबारीमा आयोजना गरेको कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।

समितिको मेची क्षेत्र श्रद्धेय आश्रमले धुलावारीचोकमा आज बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रमबाट ७० पिन्ट रगत संकलन भएको छ । अहिले बर्खाको बेला रगतको अभाव हुने गरेको छ । यस्तोबेला धेरै मात्रामा रक्तदान हुनु खुसीको विषय भएको रेडक्रसकर्मीहरुले जनाएका छन् ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको कार्यक्रमको उद्घाटन मेचीनगर वडा नम्बर १० का वडा अध्यक्ष नारायण खनालले गरेका थिए ।

सो अवसरमा आश्रमकी प्रमुख सन्त सुवर्ण बाइजी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष टिका सुबेदी, मेचीनगर लेडी जेसिजकी अध्यक्ष पवित्रा प्रसाईं, नन्दा करिडरका अध्यक्ष धर्मेन्द्र खड्का, सचिव निर्मल दाहाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Adv footer