२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सौर्य एअर दुर्घटनामा अध्यक्ष पोखरेलका भाञ्जा आश्विनको निधन


बिर्तामोड, साउन ९ । सौर्य एअरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये एक जना एयरलायन्सका अध्यक्ष दिपक पोखरेलका भाञ्जा आश्विन निरौला रहेको थाहा भएको छ ।

पारिवारिक स्रोतका अनुसार आश्विन निरौला एरोनोटिकल इन्जिनियर थिए । जहाजलाई मर्मतका लागि पोखरा लैजाने क्रममा काठमाडौँबाट उड्नेबित्तिकै आज बिहान ११ बजेर ११ मिनटमा दुर्घटना भएको थियो ।

भद्रपुर निवासी अध्यक्ष पोखरेलका पाँचजना बहिनीमध्ये जेठी बहिनी कल्पना निरौलाका एक मात्र छोरा थिए इन्जिनियर आश्विन ।

एरोनोटिकल इन्जिनियरिङको अध्ययन पूरा गरेपछि उनी सौर्य एयरलायन्समा सुरुदेखि नै कार्यरत थिए । उनी जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगर नजिकैका बासिन्दा हुन्।

हाल एयरलायन्सका अध्यक्ष पोखरेल त्रिभुवन विमानस्थलको घटनास्थलमा छन् भने दिवंगत इन्जिनियर अश्विन निरौलाका बुवा र आमा अस्ट्रेलियामा छन् ।

घटनाको खबर थाहा पाउनेबित्तिकै उनका बुवा र आमा नेपाल फर्किने क्रमममा रहेको जानकारी प्राप्त भएको छ ।

-लोकतन्त्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer