२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कुशिकालाई मेची सहकारीको ५१ हजार


दमक, साउन ११ । झापाको दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले २०८० सालको एसइइ परीक्षामा ४ जिपिए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई उच्च शिक्षा अध्ययनका लागि ५१ हजार प्रदान गरेको छ ।

सहकारीले कर्मचारीसमेत रहेका आफ्ना शेयर सदस्य लोकबहादुर बस्नेतका छोरी कुशिकालाई छात्रवृत्तिबापत उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

सहकारीकी दमक सेवा केन्द्र कार्यालयकी प्रमुख टिकाकुमारी भट्टराईले कुशिकालाई नगद हस्तान्तरण गरेकी थिइन् ।

झापा कमल गाउँपालिका ५ निवासी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइइ परीक्षा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer