२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे


बिर्तामोड, साउन १३ । झापामा सबै पालिकामा एक वर्षको अवधिमा करिब ४७ किलोमिटर सडक कालोपत्रे भएको छ ।

पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुबर्से २० दशमलव ४७ किलोमिटर गरी कुल ४६ दशमवल ८५ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

कार्यालयका सूचना अधिकारी उत्तम खरेलका अनुसार कार्यालय मातहत १४ किलोमिटर सडक मर्मत भएका छन् भने २३ दशमवल ३०२ किलोमिटर ग्राभेल भएका छन् । चारवटा मोटरेवल पुल समेत निर्माण भएको सूचना अधिकारी खरेलले बताए ।

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल २८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल २०५ किलोमिटर सोलिङ र शून्य दशमलव ३५५ किलोमिटर सडक कालोपत्रे गरेको छ । दुईवटा मोटरेवल पुल समेत निर्माण गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा पूँजीगत र चालु गरी प्राप्त गरेको दुई अर्ब १४ करोड ७६ लाख ५० हजार रुपैयाँ बजेटमध्ये एक अर्ब ५७ करोड ७० लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ । वित्तीयतर्फ कार्यालयले गत आर्थिक वर्षमा ७३ प्रतिशत प्रगति हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer