२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा बाबुको किरिया बसेका छोराको निधन


बिर्तामोड, साउन १५ । बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एकजना व्यक्तिको निधन भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरियाकै समयमा निधन भएको हो ।

काजकिरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो ।

सडक दुर्घटना परेर बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारको क्रममा मृत्यु भएको थियो । बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer