२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालन


बिर्तामोड, साउन १७ । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ । आजदेखि बैंकको ३१४ औँ शाखाको सञ्चालनमा आएको हो ।

एक कार्यक्रमका बीच शाखाको बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलालगायतले उद्घाटन गरेका छन् ।

कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडा अध्यक्ष भीष्मभूषण सिटौला, कनकाई–८ का वडा अध्यक्ष लीलाबहादुर कटवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा, नवयुग शिक्षा निकेतनका राजन कार्की, पूर्वशिक्षक अनिरुद्र ओली, महिला उद्यमी सरला पोखरेल, भृकुटी माविका पूर्वअध्यक्ष बालकृष्ण सिटौलाले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

ग्राहकले बचत गरेको पैसा डुब्न नदिने बैंकका अध्यक्ष सिटौलाले बताए । उनले पैसा जम्मा गर्न अनरोध गर्दै पैसालाई संरक्षण र भ्यालु सिर्जना गर्ने काममा लगाइने जिकिर गरे ।

बैंकका कोशी प्रदेश व्यापार अधिकृत बद्रीकुमार कटवालको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका शाखा प्रमुख शिशिर घिमिरेले स्वागत र बैंकका कोशी प्रदेश प्रमुख दिपक पौडेलले सञ्चालन गरेका थिए ।

झापामा काँकरभिट्टा, दमक, भद्रपुर, बिर्तामोडपछि पाँचौँ शाखाको रूपमा दुर्गापुर शाखा सञ्चालनमा आएको शाखा प्रमुख घिमेरेले बताए ।

आज उद्घाटनकै दिन २७० भन्दा बढी खाता खोल्न लागिएको उनले जानकारी दिए । दुर्गा आसपासमा आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको उनको भनाइ थियो ।

Adv footer