२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा–१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल


बिर्तामोड, साउन १८ । यस वर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ ।

त्यस्तै, ३.६१ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ५९१ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने ४६ हजार ८९३ जना, २.८१ देखि ३.२० जिपिए ल्याउनेको संख्या ७८ हजार ७५ जना रहेको छ ।

२.४१ देखि २.८० जिपिए ल्याउनेको संख्या ६१ हजार ३६ जना, २.०१ देखि २.४० जिपिए ल्याउने ८ हजार २४० जना, १.६१ देखि २.० जिपिए ल्याउनेको संख्या १२ जना रहेको बोर्डले उल्लेख गरेको छ ।

एनजी ल्याएर मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ जना रहेको छ । मौका परीक्षा आउँदो भदौ २५ र २६ गते सञ्चालन गर्ने तयारी गरिरहेको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer