२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इलाममा किबी फलाउँदै झापाका युवा


बिर्तामोड, साउन २१ । झापाका सातजना युवाको समूह कृषि क्षेत्रमा भविष्य देखेर किबी र लोठसल्ला (टेक्सस मेरिई)को खेतीमा लागेका छन् ।

सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरुले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्ये १५० रोपनीमा किबी र १५० रोपनीमा लोठसल्ला लगाइएको छ ।

कृषि क्षेत्रमा भविष्य देखेपछि सिपी कडरिया, तेजमणि प्रसाईं, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किबी र लोठसल्लाको खेती गरिरहेका छन् ।

मुलुकको आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उनीहरुको भनाइ छ । २०७२ सालमा सुरु गरिएको किबी र लोठसल्लामा हालसम्म तीन करोड ५० लाख रुपैयाँ लगानी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer