२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सुनको तोलाकै डेढ लाख रुपैयाँ


बिर्तामोड, साउन २१ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला तीन सयले वृद्धि भएको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer