२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा झापा मिडिया कप फुटबल हुने


बिर्तामोड, असोज ५ । झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ ।

प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड बडादसैँको पावन अवसर पारेर जिल्लाका प्रेस क्लबहरुबीच मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा झापाका छवटा पालकिास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए ।

उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लब तथा पत्रकार मञ्च दमक सहभागी हुनेछन् ।

यसबैीच, आयोजकले ड्रमार्फत खेल तालिकासमेत सार्वजनिक गरेको छ । तालिकाअनुसार पहिलो खेलमा असोज १७ गते आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छन् । सोही दिन पहिलो चरणका ३ खेल हुनेछ ।

मिडिया कपको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुने उपाध्यक्ष नारायण अर्यालले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा क्लबका सचिव रोशन भट्टराई र निवर्तमान अध्यक्ष आयुष निरौलाको उपस्थिति थियो ।

झापामा यसअघि २०७४ र २०७५ सालमा हिमाल खरेलको नेतृत्वमा विवेचना दैनिकले झापा मिडिया कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer