२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टार क्लब जिल्लास्तरीय फुटबल कात्तिक ३ गतेदेखि


बिर्तामोड, असोज १२ । झापाको बिर्तामोडस्थित खेपबाडीमा हुने भनिएको जिल्लास्तरीय फुटबल प्रतियोगिता सरेको छ ।

यही असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता कात्तिक ३ गतेदेखि १० गतेसम्म हुने भएको छ ।

आयोजक न्यु स्टार क्लब बिर्तामोड–७ का अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार झापामा जारी भारी वर्षाका कारण प्रतियोगिता सरेको हो ।

लगातारको वर्षाले खेल मैदानमा क्षति पुगेको छ भने देउनिया खोलामा आएको बाढीले ह्युपपाइप बगाएको छ ।

स्थानीय सुन्दर निचाझोडा वनको खोपबाडी खेलमैदान स्तरोन्नतिको काम सकेर प्रतियोगिताको अन्तिम तयारी गरिएको थियो ।

प्रतियोगितामा झापाका आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ ।

यसैगरी, प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।

विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयसहित स्थानीय दाताबाट आर्थिक संकलन हुने आयोजकले अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer