२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रोलिङ च्यालेन्जकपको तयारी पूरा


मेचीनगर, कात्तिक १ । झापाको पुरानो फुटबल क्लब धुलाबारीको रोलिङ क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकपको तयारी पूरा भएको छ ।

क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङका अनुसार खेलमैदान मर्मतको काम सकिएको छ भने मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम पूरा भएको छ ।

दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । स्टेज निर्माण अन्तिम चरणमा पुगेको छ ।

यही कात्तिक ३ गतेदेखि १० गतेसम्म धुलाबारी माविको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमले सहभागिता जनाउने छन् ।

क्लबका सचिव महेश खड्काले आठौँ संस्करणको प्रतियोगिता भव्य हुने बताए । प्रतियोगितामा भारतका मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ र सुकुना युनाइटेड फुटबल क्लब सिलिगुडी सहभागी हुने छन् ।

त्यस्तै, नेपालको रेडहर्स फुटबल क्लब इलाम, मोरङको सम्राट स्पोर्टिङ क्लब, सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लब, नेपाल पुलिस क्लब विराटनगर, सशस्त्र प्रहरी बल पकली सुनसरी र आयोजक रोलिङ क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने क्लबका अध्यक्ष नेम्वाङले बताए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer