२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको न्यु स्टार क्लबले पाएको ट्रफी वडा कार्यालयलाई हस्तान्तरण


बिर्तामोड, कात्तिक २ । झापाको बिर्तामोड ७ मा रहेको न्यु स्टार क्लबले प्राप्त गरेको ट्रफी, शिल्ड तथा कप वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बीच क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न स्थानहरुबाट जित हाँसिल पाएका ट्रफीहरु वडा अध्यक्ष अविरल कृष्ण खरेलमार्फत वडा कार्यालयलाई हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बू, झापा जिल्ला फुटबल संघका सदस्य बुधराज लिम्बू, क्लबका सचिव सरोज न्यौपाने, सदस्य तथा खेलाडीहरुको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको हो ।

क्लबको आफ्नै भवन तथा कार्यालय नरहेको तथा क्लबको जित नै वडा कार्यालयको जित भएकाले सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष लिम्बूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer