२०८१ कार्तिक ६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

आठौँ रोलिङ च्यालेन्जकपको उद्घाटन खेलमा आयोजक र एपिएफ खेल्दै


मेचीनगर, कात्तिक ३ । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ आजबाट धुलाबारीमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा आज आयोजक रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ)को सामना गर्दैछ । क्लबले टिम बलियो बनाएकोले सहज जित निकाल्दै सेमिफाइनलको यात्रा निकाल्ने दाबी गरेको छ ।

क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङका अनुसार भेलि दोस्रो क्वार्टर फाइनल खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ ।

कात्तिक ५ गते तेस्रो क्वार्टर फाइनल खेलमा सुकुना युनाइटेड एफसी पश्चिम बंगाल र सम्राट स्पोर्टिङ क्लब मोरङ भिड्ने छन् ।

कात्तिक ६ गते नेपाल पुलिस क्लब विराटनगर र रेड हर्स एफसी इलामले अन्तिम क्वाटर फाइनल खेल्ने नेम्वाङले बताए ।

धुलाबारी माविको खेल मैदानमा हुने प्रतियोगिताको फइानल खेल कात्तिक १० गते हुने क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

खड्काले आठौँ संस्करणको प्रतियोगिता भव्य हुने बताए । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer