२०८१ कार्तिक ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सोमबारे फुटबलमा राजगढ र दुधे अन्तिम चारमा


बिर्तामोड, कात्तिक ७ । बिर्तामोड २ को सोमबारेमा फुटबल प्रतियोगितामा राजगढ एफसी र दुधे युथ क्लब सेमिफाइल प्रवेश गरेका छन् ।

आज भएका दुईवटा क्वार्टर फाइनल खेलमा राजगढले सैनिक युथ क्लब र दुधेले कनकाई स्पोर्टिङ क्लबलाई हराएको हो ।

निर्धारित समयमा राजगढ र सैनिकबीच बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा ५–४ गोल अन्तरले राजगढले जित निकाल्यो ।

यसअघि भएको खेलमा १७ औँ मिनेटमा राजगढका समयुल तामाङले गोल गरे भने सैनिकका लागि २३ औँ मिनेटमा विप्लव गुरुङले गोल फर्काएका थिए ।

खेलको प्लेयर अफ द म्याच राजगढका गोलकर्ता तामाङ भए ।

त्यस्तै, आज नै भएको अन्तिम क्वार्टर फाइनल खेलमा दुधे एफसीले छिमेकी कनकाई स्पोर्टिङ क्लबलाई २–० गोलल हरायो ।

खेलको प्लेयर अफ द म्याच दुधेका आयुष क्षेत्री भए ।

भोलि दुवै सेमिफाइनल खेल हुने आयोजक यङ स्टार क्लबका सचिव माधव खरेलले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल कात्तिक ९ गते हुनेछ ।

बडादसैँको उपलक्ष्यमा भएको फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको छ ।

खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले उमेश राईले बताए ।

प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer