२०८१ मंसिर ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आयोजक धुलबारी रोलिङ क्लब फाइनलमा


मेचीनगर, कात्तिक ७ । मोरङलाई रोक्दै आयोजक क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै आयोजक रोलिङ क्लबले कम्तिमा दोस्रो उपाधि रक्षा गरेको छ ।

आज धुलाबारी नुमना माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरमाथि ३-१ गोलअन्तरको सहज जित निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो ।

खेलको १५औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल गर्दै खेललाई अग्रता दिएका थिए । त्यस्तै, ३२औँ मिनेटमा सम्राट स्पोर्टिङले पाएको पेनाल्टीलाई दोर्जे तामाङले सदुपयोग गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

रोलिङ क्लबका गोलरक्षक अभिषेक बरालले विपक्षी खेलाडीलाई पेनाल्टी एरियामा फाउल गरेपछि सम्राटले पेनाल्टी प्राप्त गरेको थियो । यसैगरी खेलको ३६औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै २-१ को अग्रता दोब्बर बनाएका थिए ।

आयोजकका रक्षक नेपाली राष्ट्रिय टोलीका सदस्य अनन्त तामाङको प्रहार विपक्षी गोलरक्षक निशान मगरबाट पञ्च इन भएको बललाई अभिषेकले गोलपोस्टको दिशा दिएका थिए ।

यसैगरी खेलको ५९औँ मिनेटमा आयोजक रोलिङले पाएको पेनाल्टीलाई उत्सव राईले जाली चुमाउँदै खेललाई ३-१ को गोलअन्तर निकाले । पेनाल्टी एरियामा सम्राटका अशोक खवासले उत्सवलाई फाउल गरेपछि पेनाल्टी प्राप्त गरेको थियो ।

खेलको प्लेयर अफ द म्याच रोलिङका प्रशान्त लक्सम भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई मेचीनगर नगरपालिकाका सामाजिक विकास अधिकृत अनन्त प्रकाश वस्ती, क्लबका पूर्व अध्यक्ष महेन्द्र लिम्बू, मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङलगायतले नगद तथा ट्रफी प्रदान गरे ।

भोलि हुने अन्तिम समिफाइनल खेल पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब दार्जीलिङ र रेडहर्स एफसी इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer