२०८१ कार्तिक ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टार फुटबलमा धाइजन चारआली सेमिफाइनलमा


बिर्तामोड, कात्तिक ८ । धाइजन चारआली क्लब बिर्तामोडको खोपबाडीमा जारी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा शनिश्चरे एफसीलाई १-० गोल अन्तरले हराउँदै धाइजन चारआली सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ३९ औँ मिनेटमा धाइजन चारआलीका सचिन क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच धाइजन चारआलीका गोलकिप्पर युवराज पुरी भए । उनले नगद २ हजार पाए ।

उनलाई क्लबका अध्यक्ष कृष्ण लिम्बू, बिर्तामोड-६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, वडा नम्बर-७ का वडा अध्यक्ष अविरल कृष्ण खरेलले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

बिर्तामोड-७ स्थित स्थानीय सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा जारी खेलमा भोलि तेस्रो क्वार्टर फाइनल खेलमा डिएफसी बाहुनडाँगी र रेड स्टार एफसीले प्रतिस्पर्धा गर्ने अध्यक्ष कृष्ण लिम्बूले बताए ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।

विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer