२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सोमबारे यङ स्टार फुटबलको उपाधि राजगढलाई


बिर्तामोड, कात्तिक ९ । बिर्तामोड २ को सोमबारे यङ स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि राजगढ एफसीले जितेको छ ।

फाइनल खेलमा घैलाडुब्बा युवा क्लबलाई ४१ गोल अन्तरले हराउँदै राजगढले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै विजेता राजगढले नगद ५१ हजार, ट्रफी र मेडल प्राप्त गर्यो । उपविजेता बनेको घैलाडुब्बाले नगद २५ हजार ५००, ट्रफी र मेडलमा चित्त बुझायो ।

राजगढका लागि खेलको २६ औँ र ३९ औँ मिनेटमा दिपेश श्रेष्ठले गोल गरे । त्यस्तै, ४१ औँ मिनेटमा अभिषेक फागो र ४३ औँ मिनेटमा किस्मत लिम्बूले गोल गरे ।

घैलाडुब्बाका लागि २५ औँ मिनेटमा जितेन टुडूले सान्त्वाना गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच राजगढका दुई गोलकर्ता श्रेष्ठ भए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिप्पर राजगढका आयुष लिम्बू, प्रशिक्षक मोहन बजगाईं, डिफेन्डर तारानाथ राजवंशी र सर्वोत्कृष्ट खेलाडी घैलाडुब्बाका प्रविन थेवे भए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड-२ का वडा अध्यक्ष किशोर पौडेल, सामाजिक अगुवा धर्म लक्सम्बा, यङ स्टारका अध्यक्ष उमेश राई, सचिव माधव खरेलले पुरस्कार वितरण गरेका थिए ।

बडादसैँको उपलक्ष्यमा भएको फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer