२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टार फुटबलमा रेड स्टार उपाधिनजिक


बिर्तामोड, कात्तिक ११ । प्रतिस्पर्धात्मक खेलमा आयोजक न्यु स्टार क्लबलाई हराउँदै बिर्तामोडको रेड स्टार एफसी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा न्यु स्टारमाथि १–० गोल अन्तरको जित निकाल्दै रेड स्टार उपाधिनजिक पुगेको हो ।

रेड स्टारका लागि खेलको ३० औँ मिनेटमा प्रदिप बुढाथोकीले गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच रेड स्टारका बुढाथोकी भए । उनले नगद २ हजार पाए ।

उनलाई आजका प्रमुख अतिथि बिर्तामोड ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेल, क्लबका अध्यक्ष कृष्ण लिम्बू र सौजन्यकर्ता सइन्द्र राईले वितरण गरे ।

बिर्तामोड-७ स्थित स्थानीय सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा जारी खेलमा भोलि दोस्रो सेमिफाइनल खेलमा धाइजन चारआली एफसीले जलथल एफसीको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार पाउने क्लबका अध्यक्ष कृष्ण लिम्बूले बताए ।

विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer