२०८१ कार्तिक १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

वडास्तरीय फुटबलको उपाधि कनकाई-३ लाई


सुरुङ्गा, कात्तिक १४ । कनकाई वडास्तरीय दशैँतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई-३ ले जितेको छ ।

कनकाई माविको खेल मैदानमा आज भएको फाइनल खेलमा कनकाई ३ ले वडा नम्बर ५ लाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै कनकाई-३ नगद ७१ हजार, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेतामा सीमित वडा नम्बर ५ ले नगद ३५ हजारमा चित्त बुझायो ।

कनकाई ३ को लागि १९ औँ मिनेटमा क्षितिज कुँवरले गरेको एक गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच भएका कुँवरले नगद १५०० पाए ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी कनकाई-३ का आदित्य बानियाँ भए । उनले नगद ५ हजार पाए । उच्च गोलकर्ता कनकाई-५ का रोचन लिम्बू हुदै नगद ५ हजार पाए ।

त्यस्तै, उत्कृष्ट गोलकिपर कनकाई ३ का विवेक वाग्ले र उत्कृष्ट डिफेन्डर कनकाई ३ कै विशाल मुर्मू भए । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरे ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई ३ का वडा अध्यक्ष युवराज चम्लगाईं, आयोजक समितिका ख्याम ओली, आशिष संग्रौला, नविन सुवेदीलगायातले नगद र ट्रफी वितरण गरेका थिए ।

यसैबीच, कनकाई नगरपालिकाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमका सदस्य रोहन कार्की र महिला खेलाडी सिम्रन राईलाई समेत नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको आयोजना सुरुंगाको होटल डिलाइट र भूतपूर्व अमेरिकी सैनिक आशिष संग्रौलाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer