
बिर्तामोड, मंसिर १६ । युएइमा जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ । खेल बिहान पौने ११ बजेदेखि दुबईमा सुरु हुनेछ ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो ।
उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।