२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला डोरी तान संघको अध्यक्षमा पुनः युनिता


बिर्तामोड, मंसिर २२ । झापा जिल्ला डोरी तान संघको अध्यक्षमा पुनः युनिता दवाडी सर्वसम्मत चयन भएकी छन् ।

आज बिर्तामोडमा सम्पन्न संघको अधिवेशनले उपाध्यक्षमा कुशव मैनाली र हेमकुमार न्यौपाने, सचिवमा मनिष मुर्मू, सहसचिवमा शंकर कट्टेल, कोषाध्यक्षमा मेनुका उप्रेती र सहकोषाध्यक्षमा विजय दुलाल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा शंकर कार्की, कुशल न्यौपाने, नविन भट्टराई, श्रीप्रसाद न्यौपाने, पुष्प न्यौपाने र भरत ढकाल रहेका छन् ।

बिर्तामोड वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको अधिवेनमा संघका केन्द्रीय सदस्य संगीता चिमरिया र प्रदेश उपाध्यक्ष हिमा पौडेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सदस्य हेमकुमार न्यौपानेले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव मनिष मुर्मूले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संघले यसअघि गठन भएको छ महिनामा गत कात्तिक २४ गते झापामा पहिलोपटक जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रथम जिल्लास्तरीय डोरी तान आउटडोर च्याम्पियनसिपमा १९ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा झापाका १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिस्पर्धा गरेका थिए ।

Adv footer