२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको कार्यसमितिले सम्हाल्यो पदभार


मेचीनगर, मंसिर २३ । झापाको मेचीनगरमा रहेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिबारदेखि पदभार सम्हालेका छन् ।

पूर्वको धार्मिक तथा पर्यटकीयस्थल पातलगंंगा परिसरमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक विक्रम राईले उनीहरुलाई पद हस्तान्तरण गराए ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, पूर्व प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणि ओली, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), महासचिव सुन्दर बस्नेत, सल्लाहाकार गंगालाल गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष चन्द्र प्रसाईलगायतका अतिथिहरु उपस्थित कार्यक्रममा उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष मीनबहादुर बस्नेतले धन्यवाद व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष दिनेश ओली (नवराज) ले कार्यसमितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै मेचीनगर गोल्डकपलाई आगामी दिनमा निरन्तरता दिने बताए ।

सेन्टरको तेस्रो अधिवेशनले दिनेश ओली (नवराज)को नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । सेन्टरको प्रथम उपाध्यक्षमा अशोक राई र द्वितीय उपाध्यक्षमा युवराज मुखिया, महासचिवमा लाक्पा तामाङ, सचिवमा मानिक पौडेल र कोषाध्यक्षमा पेमनर्बु शेर्पा चयन भएका छन् ।

सदस्यहरुमा उत्तरबहादुर तामाङ, रोशन काफ्ले, आशिष गुरुङ, मन्दिरा डुम्जन, मुन्ना सुब्बा, भूमिका सुब्बा, सुवास रम्तेल र सुरेश तिवारी रहेका छन् । निवर्तमान अध्यक्ष मीनबहादुर बस्नेत पनि कार्यसमितिमा अध्यक्ष पछाडिको वरीयतामा रहनेछन् ।

पद हस्तान्तरण कार्यक्रमको सञ्चालन राजु पौडेलले गरेका थिए ।

Adv footer