
मेचीनगर, मंसिर २४ । झापाको बुद्धशान्तिमा दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको हुने भएको छ ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही माघ ११ गतेदेखि १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
झापाका १५ वटै पालिकाको सहभागी हुने प्रतियोगितामा विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ ।
खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ दि म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ दि सिरिजलाई १३ हजार पुरस्कार दिइनेछ ।
बुद्धशान्ति-२ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतियोगिताको खेल तालिका मंसिर २९ गते सार्वजनिक हुने अध्यक्ष प्रसाईंले बताए ।
यसअघि फागुन २ गतेदेखि १२ गतेसम्म भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो ।