२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा मेचीनगरबाट राष्ट्रपति रनिङ शिल्ड सुरु


मेचीनगर, पुस ३ । मेचीनगर नगरपालिकामा मेचीनगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

मेचीनगर २ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोखरेलले गरिन् ।

मेचीनगर नगरपालिकाको आयोजना, झापा जिल्ला खेलकुद विकास समिति झापाको संयोजन र मेची जनसाधारण माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

नगरस्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेपछि प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउँदै प्रदेश हुँदै केन्द्रमा प्रतिस्पर्धा गर्ने छन् ।

मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको प्रतियोगितामा छात्रछात्रातर्फको भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु समावेश छन् ।

प्रतियोगितामा मेचीनगरभित्रका ५० वटा विद्यालय सहभागी रहेका छन् । प्रतियोगिताबाट विभिन्न विधाका ११० विद्यार्थी छनोट हुने छन् ।

पुस ५ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटनसत्रमा वडा नम्बर २ का वडा अध्यक्ष दिपक बराल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्री, निवर्तमान अध्यक्ष डम्बर रूचाल, विभिन्न विद्यालयका प्रधानध्यापकलगायतको आतिथ्य रहेको थियो ।

Adv footer