२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी खेलकुद विकास बोर्डद्वारा खेल संघ दर्तासम्बन्धी मार्गनिर्देशन पारित


बिर्तामोड, पुस ५ । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन–२०८१ पारित गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन पारित गरेको हो ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले पारित मार्गदर्शनले खेलकुद विकास बोर्डलाई प्रदेशमा सक्रिय रहेको खेल संघ तथा संस्थासँगको सम्बन्ध झनै बलियो बनाउने बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बताए ।

बस्नेतले बोर्डले पारित गरेको मार्गदर्शनले प्रदेशमा रहेको खेल संस्थाको अभिलेखन तथा तथ्यांक संकलनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसअघि बोर्डले विभिन्न माध्यमबाट सूचना संकलन गरेर खेल संघ तथा संस्थाहरुसँग समन्वय गरिरहेकोमा अब प्रत्यक्ष सम्बन्ध स्थापित हुने विश्वास गरे ।

त्यस्तै, बोर्ड बैठकले बैशाखमा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट खुट्टामा गम्भीर चोट लागि स्वास्थ्य लाभ गरिरहेका राष्ट्रिय कराते प्रशिक्षक मोहमद सिद्धिकी ताज बबरको उपचारमा सहयोग उपलब्ध गराइदिन सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

Adv footer