२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बर्खा स्मृति अन्तरपालिका क्रिकेटः बुद्धशान्तिका खेलाडी छानिए


बिर्तामोड, माघ ८ । झापाको बुद्धशान्तिमा हुने दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट गरिएको छ ।

छनोट खेलमा अर्पण कार्कीको कप्तानीमा १५ जना खेलाडी छानिएको खेलकुद विकास समिति बुद्धशान्तिका संयोजक पर्शुराम चेम्जोङले जानकारी दिए ।

कार्कीको कप्तानीमा पारस निरौला (उपकप्तान), मन्जिल पौडेल, आदिहाङ फागो, प्रकाश खनाल, पर्शुराम पौडेल, प्रविन कोइराला, रिजन आङदेम्बे, टेकेन्द्र कार्की, पंकज तिम्सिना, सचिन लिम्बू, रिकेस आङदम्बे, आगल्स अधिकारी, असिम रिजाल, कौशल ढकाल छानिएको मुख्य प्रशिक्षक गोकुल पौडेलले जानकारी दिए । साजन गदाइली, प्रिन्स गुप्ता र आदर्श कार्की वैकल्पिक सूचीमा छन् ।

बर्खा स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता यही माघ ११ गतेदेखि १९ गतेसम्म बुधबारेमा सञ्चालन हुँदैछ । प्रतियोगितामा झापाका १५ वटै पालिकाले सहभागिता जनाउने छन् ।

Adv footer