२०८१ माघ २३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मोटरसाइकल दुर्घटना हुँदा शरणामतीका सिटौलाको मृत्यु


बिर्तामोड, माघ २१ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु भएको छ ।

सुरुंगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आज बिहान ४ः३० बजे कनकाई १ जुकेकल्भर्टमा आफै अनियन्त्रित भएर डाइभर्सनमा ठोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका ६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको हो । उनको टाउको र निधारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

Comments are closed

Adv footer