२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापा क्रिकेट क्लब गठन, अध्यक्षमा झा


बिर्तामोड, माघ २९ । पछिल्लो समय लोकप्रियता कमाइरहेको क्रिकेटको विकासका लागि झापामा झापा क्रिकेट क्लब गठन भएको छ ।

क्लबलाई खेल संस्थाको रुपम झापा जिल्ला खेलकुद विकास समितिमा दर्ता समेत गरिएको छ । बिर्तामोडका युवा अभियन्ता माधवकुमार झाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

क्लबको उपाध्यक्षमा निकुञ्ज बस्नेत र बिक्की चौधरी, सचिवमा सुरज खड्का, सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा स्मिता राजवंशी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा निर्मल खत्री, प्रकाश भारती, लक्ष्मी खड्का, मनिषजंग बस्नेत र अनिता गौतम ठकुरी रहेका छन् ।

क्लबले यही बैशाख ४ गतेदेखि झापामा पहिलोपल्ट झापा प्रिमियर लिगको आयोजना गर्दैछ । लिगमा छवटा टिम रहने जनाइएको छ ।

Adv footer